दाइजो नपाउँदा श्रीमतीको काेठामा र दुई सन्तानलाई बाकसमा बन्द गरेर जलाइदिए

दाइजो नपाउँदा श्रीमतीको काेठामा र दुई सन्तानलाई बाकसमा बन्द गरेर जलाइदिए

  • आइतवार, बैशाख ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 16.5K
    SHARES

काठमाडाैं।

१८ अप्रिलमा भारतको उत्तर प्रदेशमा एक कहालीलाग्दो कटना घट्यो । एक युवकले श्रीमती र आफ्ना दुई सन्तानको जलाएर हत्या गरे र घटना लगत्तै उनी फरार भए ।
उषा नाम गरेकी महिलालाई उनका श्रीमान् गणेशले जलाएर हत्या गरेर घटना भएलगत्तै फरार छन् । उषा र गणेश पटेलको विवाह सन् २०१२ मा भएको थियो ।
१७ अप्रिल बिहान छिमेकीले घरबाट धुँवा आइरहेको देखे । मानिसहरुले घरभित्र गएर हेर्दा उषा र उनका दुई सन्तान जलिसकेको पाए । उषाको शव कोठामा भेटिएको थियो तर बच्चाहको शव फलामको बाकसमा भेटिएको थियो । त्यसपछि छिमेकीले ऊषाका माइती पक्ष र पुलिसलाई बोलाए ।
पुलिसले दाइजोका लागि हत्या मामला दर्ता गरेको छ । घटनाको अनुसन्धान गरिरहेका एसएसपी अतुल शर्माले महिलाको श्रीमानले मद्यपान गरेर उषालाई दुःख दिइरहन्थे त्यसकारण यो आत्महत्याको पनि मामला हुनसक्छ । पोस्टमार्टम रिपोर्टपछि थप अनुसन्धान थालिनेछ ।
यस्तै, ऊषाका माइती पक्षले भने दाइजोका लागि छोरीको हत्या भएको दाबी गरिरहेका छन् । उषाका भाइ अजितका अनुसार विवाहलगत्तै ऊषालाई दाइजोका लागि तनाव दिइन्थ्यो । उनका ससुरा र श्रीमानले कुटपिट गर्ने गर्दथे । उनीहरुले ऊषालाई माइतीबाट एक लाख भारु र बाइक ल्याउन भनिरहेका थिए । ऊषालाई एकपटक यति बेस्सरी कुटिएको थियो कि उनको कानको जाली नै फुटेको थियो । गत वर्ष डिसेम्बर ३१ तारिखमा पनि निर्घात कुटिएको थियो ।
अजितले गणेश र उनका पिताले उषा र उनका दुई सन्तानको हत्या गरेको दाबी गरे । उनले सुरुमा ऊषाको गला दबाएर हत्या गरिएको र त्यसपछि जलाइएको दाबी गरे ।
घटनापछि उषाका श्रीमान् गणेश फरार छन् भने ससुरा अर्थात गणेशका बुवालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी