अमेरिकी राष्ट्रपति ट्रम्पसँग वार्ता गर्न उत्तर कोरियाका नेता किमले अघि सारे यस्ताे सर्त

अमेरिकी राष्ट्रपति ट्रम्पसँग वार्ता गर्न उत्तर कोरियाका नेता किमले अघि सारे यस्ताे सर्त

  • शनिबार, चैत्र ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

एजेन्सी, चैत ३० ।

उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तेस्रो वार्ताका लागि सर्त अघि सारेका छन् । उनले अमेरिकाको सही दृष्टिकोण वा मनोवृत्ति रहने भए मात्र आफू ट्रम्पसँग तेस्रो वार्ताका लागि तयार हुने बताएका हुन् ।

नेता किमले जारी गरेको एक वक्तव्यमा अमेरिकी राष्ट्रपति ट्रम्पले सम्झौताका आधारहरु पारदर्शी र आपसी रुपमा स्वीकार्य बनाए आफू वार्ताका लागि तयार रहेको उल्लेख छ । उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले नेता किमको भनाइसम्बन्धी समाचार प्रसारण गरेको छ ।

किमले दुवै देशलाई हित हुनेखालको मनसायसहितको वार्ताका लागि आफू तयार रहेको उल्लेख गरेका छन् । किम र ट्रम्पबीच पहिलो पटक गत वर्ष सिंगापुरमा भेटवार्ता भएको थियो ।

परमाणु निशस्त्रीकरणको प्रक्रियाका बारेमा सहमति नजुटेपछि वार्ता टुटेको थियो । त्यसपछि उनीहरुबीच दोस्रो वार्ता भियतनाममा भएको थियो । उत्तर कोरियाले उसमाथिको सम्पूर्ण आर्थिक प्रतिबन्ध हटाइनु पर्ने बताएको दाबी ट्रम्पले गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ