आजदेखि भारतमा लोकसभाको निर्वाचन हुँदै, प्रधानमन्त्री मोदी र विपक्षी नेता राहुलबीच टक्कर

आजदेखि भारतमा लोकसभाको निर्वाचन हुँदै, प्रधानमन्त्री मोदी र विपक्षी नेता राहुलबीच टक्कर

  • बिहिबार, चैत्र २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं, २८ चैत ।

आजदेखि भारतमा लोकसभाको निर्वाचन हुँदैछ । १७ औं लोकसभा गठनका लागि ९० करोड भारतीयले आफ्नो मताधिकार प्रयोग गर्ने निर्वाचन आयोगले जनाएको छ ।

५ सय ४५ सदस्यीय लोकसभाका लागि सात चरणमा मतदान हुनेछ । अन्तिम मतदान मे १९ तारिखमा हुनेछ ।

जुन अर्को दोस्रो ठूलो प्रजातान्त्रिक देश मानिने अमेरिकाभन्दा चार गुणा ठूलो हो । यसपटक ८ करोड ४३ लाख नयाँ मतदाताले पहिलोपटक आफ्नो मताधिकार प्रयोग गर्दैछन् । १० लाख मतदान केन्द्रमा मत हाल्ने व्यवस्था मिलाइएको छ । मे २३ देखि मतगणना गरिने छ ।

भारतले पहिलो आम चुनाव ब्रिटेनबाट स्वतन्त्र भएपश्चात् सन् १९५१ मा गरेको थियो । निर्वाचनका लागि ठूलो संख्यामा कर्मचारी तथा सुरक्षाकर्मी खटाइएको छ । कम्तिमा २ सय ७२ स्थानमा विजयी हुने दलले आगामी सरकारको नेतृत्व गर्ने छ ।

सन् २०१४ मा भएको पछिल्लो निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी २८२ सिट जितेको थियो भने भारतीय काँग्रेसले केवल ४४ सिट सुरक्षित गरेको थियो ।  यसपटक प्रधानमन्त्री मोदीको टक्कर विपक्षी कंग्रेस नेता राहुल गान्धीसँग भइरहेको छ ।

केही महिना अगाडिसम्म मोदी तथा उनको दल भाजपाले चुनाव सहजै जित्ने ठानिन्थ्यो तर डिसेम्बरमा भएका केही महत्वपूर्ण क्षेत्रीय चुनावहरूबाट प्रतिस्पर्धा कडा हुने सङ्केत देखा परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ