भारतको छत्तीसगढमा माओवादी आक्रमण, एक विधायकसहित ५ जनाको मृत्यु

भारतको छत्तीसगढमा माओवादी आक्रमण, एक विधायकसहित ५ जनाको मृत्यु

  • बुधबार, चैत्र २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

एजेन्सी, २७ चैत । भारतको छत्तीसगढ राज्यको एउटा चुनावी र्‍यालीमा माओवादीले आक्रमण गरेकेा छ । उक्त आक्रमणमा परी एक विधायकसहित कम्तिमा ५ जनाको मृत्यु भएको छ ।

दन्तेवाडा जिल्लामा भएको माओवादीको आक्रमणमा दन्तेवाडाका विधायक भीमा माण्डभीको मृत्यु भएको भारतीय सन्चार माध्यमले जनाएका छन् । माण्डभी भारतीय जनता पार्टीका तर्फबाट निर्वाचित भएकी थिइन ।

छत्तीसगढका डीआईजी पी सुन्दरराजले आक्रमणमा भारतीय जनता पार्टीका विधायक माण्डभी, उनका चालक र तीन जना सुरक्षाकर्मीको मृत्यु भएको जानकारी दिएका छन् ।

माण्डभीसहित गाडिका लस्कर सडकमा गुडिरहेका बेला माओवादीले विस्फोट गराएका थिए । त्यहाँको साप्ताहिक बजारमा चुनावी प्रचारमा पुगेको टोलीमाथि माओवादीले आक्रमण गरेको बताइएको छ ।

भारतमा लोकसभा निर्वाचन सुरु हुन दुई दिन मात्र बाँकी रहँदा विधेयकमाथि आक्रमण भएको हो ।लोकसभामा ११ सिट रहेको छत्तीसगढमा भोलि निर्वाचन हुँदै छ । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको भत्र्सना गर्दै मृतकहरुको बलिदान खेर नजाने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ