इन्डोनेसियामा भएको दुर्घटनापछि बोइङ–७३७ संस्करणका विमानको निर्माण कम गरिदै

इन्डोनेसियामा भएको दुर्घटनापछि बोइङ–७३७ संस्करणका विमानको निर्माण कम गरिदै

  • शनिबार, चैत्र २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 19.2K
    SHARES

२३ चैत, एजेन्सी । इन्डोनेसियामा भएके दुर्घटनापछि तत्कालका लागि अमेरिकी विमान निर्माता कम्पनी बोइङले बोइङ–७३७ संस्करणका विमानको निर्माण कम गर्ने भएको छ ।
गत मार्चमा इथियोपिया तथा अक्टोबरमा इन्डोनेसियामा बोइङ ७३७ म्याक्स–एट विमान दुर्घटना भएके थियो ।
उक्त दुर्घटनापछि बोइङले तत्कालका लागि सो संस्करणका विमान निर्माण कम गर्ने जनाएको हो । इथियोपियामा भएको दुर्घटनामा १ सय ५७ जना र इन्डोनेसियामा भएको दुर्घटनामा १ सय ८९ जनाको मृत्यु भएको थियो ।
कम्पनीले प्रत्येक महिना ५२ वटा विमान बनाउँदै आएकोमा अप्रिलको मध्यदेखि यसलाई घटाएर ४२ मा झारिने जनाएको छ । आफूले निर्माण गरेका दुई वटा विमान लगातार दुर्घटनामा परेर ब्यापार बन्द भएपछि बोइङले सो संस्करणका विमान उत्पादनमा कम गरेको हो ।
इथियोपियन एयरलाइन्सको विमान दुर्घटनापछि विश्वभर रहेका बोइङ ७३७ म्याक्स–एट विमान ग्राउण्डेड भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ