अफ्रिकी मुलुक लिवियामा पुनः नयाँ संकट सिर्जना

अफ्रिकी मुलुक लिवियामा पुनः नयाँ संकट सिर्जना

  • शनिबार, चैत्र २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

एजेन्सी, २३ चैत । अफ्रिकी मुलुक लिवियामा पुनः नयाँ संकट सिर्जना भएको छ । सशस्त्र विद्रोही संगठनका नेता खालिफा हफ्तारले आफ्ना सेनालाई त्रिपोलीतर्फ अघि बढ्न आदेश दिएपछि नयाँ संकट सिर्जना भएको हो ।
योसँगै विद्रोही सेना त्रिपोलीबाट करिब ५० किलोमिटर नजिक पुगेको छ । जहाँ उनीहरुको अन्य सशस्त्र समूहहरुसँग संघर्ष भइरहेको बताइएको छ ।
राजधानी त्रिपोलीबाट लिवियाको अन्तर्रा्ष्ट्रिय मान्यता प्राप्त सरकारले आफ्नो कामकाज चलाउँदै आएको छ । सन् २०११ मा कर्नेल मुअम्मर गद्दाफीलाई सत्ताबाट हटाएर हत्या गरिएपछि मुलुक अस्थिरतासँग जुध्दै आएको थियो ।
यसैबीच संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले हफ्तारसँग गरेको वार्ता पनि निष्कर्ष्विहीन भएको छ ।
उनले राष्ट्र संघ सुरक्षा परिषद्मा पनि हफ्तारलाई रोक्न अपील गरेका छन् । महासचिव गुटेरेस त्रिपोलीमै भएका बेला हफ्तारले आफ्ना सेनालाई त्रिपोलीतर्फ अघि बढ्न आदेश दिएका हुन् ।
यसपछि पनि गुटेरेसले हिंसा रोक्नका लागि निकै लामो छलफल गरेको बताइएको छ । त्यसमा पनि कुनै ठोस परिणाम आउन सकेको छैन ।
बैठकपछि महासचिव गुटेरेसले रक्तपात रोक्न कुनै न कुनै उपाय अबलम्बन गर्नुपर्ने बताए ।
उनले राष्ट्र संघले राजनीतिक समस्या समाधान गरी लिवियाली जनतालाई एक बनाउनुपर्ने बताए ।

हफ्तारको लिवियन नेसनल आर्मी त्रिपोलीतर्फ अघि बढीरहेका बेला पूर्वी शहर मिसरातामा अन्तर्रा्ष्ट्रिय मान्यता प्राप्त सरकारको समर्थक सशस्त्र समूहले त्रिपोलीको रक्षाका लागि भन्दै आफूहरु तयारी अवस्थामा रहेको चेतावनी दिएको छ

त्रिपोलीमा हुन लागेको संघर्ष रोक्न राष्ट्र संघका महासचिव गुटेरेस, अमेरिका र युरोपेली मुलुकहरुले अपील गरेका छन् । त्यस्तै, रुस, फ्रान्स र बेलायतलेसमेत शान्तिका लागि अपील गरेका छन् ।

यसअघि अमेरिका, बेलायत, फ्रान्स र युएइले पनि संयुक्त वक्तव्य जारी गर्दै शान्ति कायम गर्न अपील गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ