चीनसंगको व्यापार सम्झौता नजिक पुगेको ट्रम्पकाे दावी

चीनसंगको व्यापार सम्झौता नजिक पुगेको ट्रम्पकाे दावी

  • शुक्रबार, चैत्र २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

चीनसंगको व्यापार सम्झौता नजिक पुगेको अमेरिकाले दावी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसंग व्यापार सम्झौताका लागि तयार रहेको भन्दै ४ हप्ताभित्र घोषणा गर्ने बताउनु भएको बीबीसीले उल्लेख गरेको छ ।

यद्यपि बेइजिङले एउटा सम्झौता अपुरो राखेकाले समग्र व्यापार सम्झौतामा असर पुग्ने भन्दै सो सम्झौता पुरा गर्न बेइजिङलाई चेतावनी दिनु भएको छ । चीनियाँ नेता लीउ हीसंगको भेटका क्रममा राष्ट्रपति ट्रम्पले सम्झौताका केही कठिन विन्दुमा सहमति जुटे पनि अझै विलम्ब हुने मतभेदहरु रहेको उल्लेख गर्नु भएको थियो ।

यदि सम्झौता भए चीनियाँ राष्ट्रपति सी जिनपिंगसंग शिखर सम्मेलन आयोजना गर्ने उहाँको भनाई थियो । चुलिएको व्यापार युद्द अन्त्यका लागि दुबै मुलुक प्रयासरत छन् । शक्तिशाली दुई मुलुकबीच चुलिएको व्यापार युद्दका कारण विश्व अर्थतन्त्रलाई समेत असर पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ