काठमाडौं । अफगानिस्तानका उपराष्ट्रपतिमाथि बल्ख प्रान्तमा तालिवानले सांघातिक आक्रमण गरेको छ ।
आक्रमणमा उपराष्ट्रपति अब्दुल राशिद दोस्तम बच्न सफल भएका छन् । उपराष्ट्रपति दोस्तमका एक अंगरक्षकको भने मृत्यु भएको छ ।
घटनामा दुईजना अंगरक्षक घाइते भएका छन् । उपराष्ट्रपति दोस्तममाथि यो दोश्रो आक्रमण हो ।
यसअघि गत जुलाईमा काबुल विमानस्थलमा भएको आत्मघाती बिस्फोटमा उहाँ बच्न सफल भएका थिए ।
सन् २०१४ देखि राजनीतिमा प्रवेश गरेका दोस्तम विवादास्पद छवी भएका नेताका रुपमा चिनिन्छन् ।
उनीमाथि आफना प्रतिस्पर्धी नेताहरुको अपहरण,बलात्कार जस्ता अपराधमा संलग्न रहने गरेको आरोप लाग्ने गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline