गाजामा एक बर्षमा २६६ को मृत्यु, ३० हजार घाइते

गाजामा एक बर्षमा २६६ को मृत्यु, ३० हजार घाइते

  • शुक्रबार, चैत्र १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

गाजा, १५ चैत ।
इजरायलको सिमानामा पर्नेे गाजामा प्रदर्शनका क्रममा गत एक बर्षमा कम्तीमा २६६ जनाको मृत्यु भएको छ भने अरु ३० हजार जना घाइते भएका छन् ।

गाजास्थित प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार मृत्यु भएका मध्ये ५० जना बालबालिका रहेका छन् ।

त्यसैगरी छ जना महिला, एक जना बृद्ध, तीन जना स्वास्थ्यकर्मी र दुई जना पत्रकार पनि मारिएको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

सिन्ह्वालाई प्राप्त मन्त्रालयको वक्तव्यमा घाइतेहरुको संख्या ३० हजार ३९८ रहेको उल्लेख गरिएको छ । ती मध्ये १६ हजार २७ जनालाई अस्पताल लगिएको थियो भने ५३६ जना गम्भीर घाइते भएका थिए ।

सोही अवधिमा दुई जना इजरायली सैनिकको पनि मृत्यु भएको अधिकारीहरुले शुक्रबार जनाएका छन् ।

प्यालेष्टिनी समूहले इजरायली सीमानामा आगलागी गराउन १९ सय ६३ बेलुन गाजाबाट इजरायल तर्फ उडाएका र यसबाट आठ हजार ‘एकर्ड‘भन्दा धेरै जमिनमा असर पारेको थियो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ