लडाकू समूह र सुरक्षाकर्मीबीचको झडपमा परी सात प्रहरी मारिए

लडाकू समूह र सुरक्षाकर्मीबीचको झडपमा परी सात प्रहरी मारिए

  • बिहिबार, चैत्र १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

कलात, १४ चैत
अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा तालिबान लडाकू समूह र सुरक्षाकर्मीबीच बिहीबार भएको झडपमा परी कम्तीमा सात प्रहरी मारिएका छन् । प्रान्तीय परिषदका प्रमुख आता जान हक्बायनले उक्त जानकारी दिनु भएको छ ।

जाबुल प्रान्तको सिआरी जिल्लामा उक्त झडप भएको बताइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

अफगानिस्तानमा सन् २०१४ को डिसेम्बरबाट ‘अफगान युद्ध’ सकिएको घोषणा गर्दै नेटोआवद्व प्रायःसंयुक्त सेनाले अफगानिस्तान छोड्योपछि अफगानिस्तानको सुरक्षाको सम्पूर्ण जिम्मा अफगान सुरक्षा बलमाथि आएको थियो ।

यसपछि अफगान सुरक्षा बलको हताहत सङ्ख्या बढेको पाइन्छ । अफगानिस्तानमा तालिबान आतङ्ककारी समूहलेअफगान सुरक्षा बल र सरकारी अधिकारी लक्ष्य गरी बारम्बार आक्रमण गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ