लण्डनबाट जर्मनी जान उडेको विमान स्कटल्याण्ड पुगेपछि…..

लण्डनबाट जर्मनी जान उडेको विमान स्कटल्याण्ड पुगेपछि…..

  • मङ्लबार, चैत्र १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 19.4K
    SHARES

एजेन्सी, चैत १२ ।
ब्रिटिश एयरवेजको एउटा विमानले एकातीर जाने यात्रुलाइ अर्कैतीर लगेकेा छ । एकातिर जानका लागि टिकट लिएर विमान चढेका यात्रु एयर ट्राफिक कन्ट्रोलरको लापरवाहीका कारण अर्कै ठाउँमा पुगेका हुन् ।

समाचार एजेन्सीहरुका अनुसार लन्डनको हिथ्रो विमानस्थलबाट सोमबार जर्मनीको डसेलडर्फका लागि उडेको ब्रिटिश एयरवेजको विमान बीए ३२७१ स्कटल्याण्डको राजधानी एडिनबर्गमा अवतरण गरेपछि यात्रु चकित भए ।

उडानका क्रममा यात्रुले आफू कता जाँदैछौं भन्ने पत्तो नै पाएनन् । जर्मनीका लागि उडेको विमान स्कटल्याण्ड पुग्छ भन्ने उनीहरुले कल्पनासमेत गरेका थिएनन् । विमान अवतरण भएपछि जब भनियो ‘एडिनबर्गमा तपाईहरुलाई स्वागत छ’, अनि यात्रुमा हल्लीखल्ली मच्चियो ।

विमानमा १४६ यात्री थिए । अवतरणपछि यात्रीले हो–हल्ला गरेपछि विमानमा इन्धन भरेर फेरि डसेलडर्फतर्फ प्रस्थान गरेको थियो । निर्धारित समयभन्दा करिब साढे तीन घण्टा ढिलो उक्त विमान डसेलडर्फ पुगेको थियो ।

पाइलटलाई गलत फ्लाइट प्लान दिइएका कारण यस्तो अवस्था आएको अधिकारीहरुको भनाइ छ । समाचार एजेन्सीहरुका अनुसार पाइलटलाई जर्मनी जानको सट्टा स्कटल्याण्ड रुट ‘फलो’ गर्न भनिएको थियो । एयर ट्राफिक कन्ट्रोलका कर्मचारीले गलत फ्लाइट प्लान दिएकोबारे ध्यान नै नदिएको बताइन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ