अफ्रिकी मुलुक घानामा बस ठोक्किँदा ६० जनाको मृत्यु

अफ्रिकी मुलुक घानामा बस ठोक्किँदा ६० जनाको मृत्यु

  • शनिबार, चैत्र ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

एजेन्सी, ९ चैत । अफ्रिकी मुलुक घानामा दुई वटा बस ठोक्किँदा ६० जनाको मृत्यु भएको छ । घानाका प्रहरी अधिकारीहरुले पछिल्लो समयमा सबैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना भएको बताएका छन् ।

राजधानी आक्रादेखि ४३० किलोमिटर टाढा पर्ने किटाम्पो शहरमा बस ठोक्किएका हुन् । सवारी साधनहरू गलत ठाउँमा गुडेकाले दुर्घटना भएको स्थानीय प्रहरी प्रमुख जोसेफ अन्तवी ग्यावुले जानकारी दिएका छन् ।

दुवै बसमा ५०/५० जनाभन्दा बढी यात्रु रहेकोमा एकआपसमा ठोक्किएका बसमध्ये एउटामा आगलागीसमेत भएको थियो । कतिपय यात्रुको बसभित्रै जलेर मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते २८ जनाको उपचार भइरहेको र ७ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ