एजेन्सी चैत्र ८ । पाकिस्तानका प्रधानमन्त्री ईमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलई घृणा गरेर वा यसमाथि धावा बोलेका बहानामा चुनाव जीत्न चाहेको दावी गरेका छन् ।
मिडियाका सम्पादकहरुसगँ कुरा गर्दै प्रधानमन्त्री खानले भारतको आसन्न निर्वाचन सम्म सिमामा सुरक्षा खतरा रहने भन्दै सबैलाई तयार रहन पनि भनेका छन् ।
सिमामा लगातार जसो दोहोरो गोलीहानाहान चलिरहेको छ दुवैदेशका बीचमा ।
पछिल्लो समय बालाकोटमा भारतीय सेनाले बम खसाले पछि त्यसको जवाफमा पाकिस्तानले भारतको दुई वटा लडाकु विमान खसाल्नुका साथै एक जना पाईलटलाई नियन्त्रणमा लिएर रिहा गरे पछि हवाई क्षेत्रमा भने द्धन्द भएको छैन ।
भारतबाट सुरक्षा खतरा जतिखेरै उत्पन्न हुन सक्ने भएकाले सदैब उचित जवाफ दिन तयार रहने पनि खानले बताएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline