मोजाम्बिकमा सामुद्रीक आँधी, एक हजारभन्दा बढीको मृत्यु भएको आङ्शका

मोजाम्बिकमा सामुद्रीक आँधी, एक हजारभन्दा बढीको मृत्यु भएको आङ्शका

  • मङ्लबार, चैत्र ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

बेयरा, मोजाम्बिक, ५ चैत।  मोजाम्बिकमा यसै हप्ता आएका ‘इडाई’ नामक सामूद्रिक आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको आशङ्का गरिएको छ ।
जिम्बाब्वेको छिमेकीमा रहेका नगरहरुमा सयौँको सङ्ख्याका व्यक्तिको मृत्यु हुनुको साथै अन्य २०० व्यक्ति वेपत्ता भएका छन् । त्यहाँका राष्ट्रपति फिलिपे नुसीले उक्त जानकारी दिनु भएको छ ।

आधिकारीक रुपमा ८४ जनाको मात्र मृत्यु भएको पुष्टि भएको भए तापनि आँधी प्रभावित क्षेत्रको निरीक्षण गर्दा यस प्रकोपमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १ हजार भन्दा बढी भएको मोजाम्बियाली राष्ट्रपति फिलिपे नुसीले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनमा जनाउनुभएको छ ।

प्रतिघण्टा १७७ किलोमिटरको वेगमा आएको आँधी र त्यसपछि बन्दरगाह सहर बेयरामा आएको बाढीको कारण कैयौँ किलोमिटर सडक र घरहरु नै बगाएको छ ।

गत बिहीबारदेखि भीषण वर्षासहितको आँधीले क्षति पु¥याउन थालेको थियो तर उद्वारकर्ता भने आइतबारबाट मात्र त्यहाँ पुग्न थालेका हुन् ।
इडाइ नामक यस आँधीका कारण अफ्रिकाका दक्षिणी भेगमा १८० जनाको मृत्यु भइसकेको बताइएको छ । बेयराको निरीक्षणमा जानु भएका राष्ट्रपति नुसीले आँधीले ‘विध्वंसकारी प्रभाव’ पारेको बताउनु भएको छ ।

राष्ट्रपतिले गरेको हवाई निरीक्षणका क्रममा बाढीको भेलमा मानिसहरूको शव तैरिरहेको देखेको बताउनु भएको छ ।
करिब पाँच लाख मानिस बसोवास गर्ने बेयरामा आँधीकै कारण ९० प्रतिशत घरहरू ध्वस्त भएको देखिएको छ ।
विश्व खाद्य कार्यक्रमका एक अधिकारीले आफूले बेयरामा आँधीले क्षति नपु¥याएको कुनै एउटा घर पनि भेट्न नसकेको बीबीसीलाई बताउनु भएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ