अर्ब पति मुकेशले भाईको ८ अर्ब त्रृण तिरेर जेल जानबाट बचाए

अर्ब पति मुकेशले भाईको ८ अर्ब त्रृण तिरेर जेल जानबाट बचाए

  • मङ्लबार, चैत्र ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 18.8K
    SHARES

भारतीय अर्बपति मुकेश अम्बानीले अन्तिम समयमा आफ्ना भाइ अनिल अम्बानीलाई जेल जानबाट जोगाएका छन्।

अनिलले स्वीडेनको एरिक्सन कम्पनीलाई मंगलबारसम्म  ८० मिलियन डलर  (८ अर्ब ७७ करोड नेरू)  पैसा तिर्नुपर्ने थियो। उक्त रकम तिर्न नसेक उनी तिन महिनाका लागि जेल जान पर्ने सर्वोच्च अदालतको आदेश थियो।

मुकेशले समय सीमा सकिनु एक दिनअघि सोमबार अनिलको उक्त ऋण तिरिदिएका  हुन्।

सोमबार साँझ विज्ञप्ति जारी गर्दै अनिलले अफ्ठेरो पर्दा साथ दिएको भन्दै दाइ र भाउजु नीतालाई धन्यवाद दिएका छन्।

उनले आफ्नो परिवार विगतको तिक्ततालाई बिर्सेर नयाँ ढंगबाट अघि बढिरहेको बताए।

सन् २००२ मा बुवा धिरूभाइ अम्बानीको मृत्युपछि सम्पत्ति र व्यापारबारे यी दुई दाजुभाइ सार्वजनिक रूपमै झगडामा उत्रिएका थिए।

पछि भागबन्डा गरेर अनिलले टेलिकम र उर्जा क्षेत्र र मुकेशले तेल र पेट्रोकेमिकलको व्यापार पाएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ