प्रधानमन्त्री मोदीकै क्षेत्रमा लोकसभा चुनाव बहिस्कार, स्थानीय भन्छन् –भोट चाहिने, समस्या नसुन्ने

प्रधानमन्त्री मोदीकै क्षेत्रमा लोकसभा चुनाव बहिस्कार, स्थानीय भन्छन् –भोट चाहिने, समस्या नसुन्ने

  • सोमवार, चैत्र ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

एजेन्सी, ४ चैत ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै चुनावी क्षेत्रका जनताले लोकसभा चुनाव बहिस्कार गरेका छन् ।
गुजरातको एक मुख्य सहर सुरतको केही भागका दशौ हजारले ब्यानर टाँगेर चुनाव बहिस्कार गर्दै भारतीय जनता पार्टीका नेता तथा सांसद सिआर पाटिललाई प्रवेशमा रोक लगाएका छन् ।
उक्त क्षेत्रमा सयौंको संख्यामा ‘मोदी से बाहिर नही, सिआर तेरी खाइर नही’ लगायत नारा लेखिएका ब्यानर टाँगिएको छ ।
खासगरी उत्तर भारत क्षेत्रबाट २५ वर्षअघि बसोबास गर्दैआएका स्थायी बासिन्दाहरुको बाहुल्य रहेको सचिन, गाभेनी, भरोदा, पन्देसारा, पर्वत पटिया, कटोद्रा लगायत क्षेत्रका समुदायबाट चुनावको बहिष्कार भएको हो ।
उत्तर भारत क्षेत्रबाट आइ बसोबास गर्ने समुदायलाई त्यहाका सरकारी कार्यालयबाट सेवा लिन अप्ठ्यारो पर्दा पनि समाधानका लागि कुनै पहल नगरेको र १० वर्षदेखि एक जना पनि जनप्रतिनिधि आफुहरुलाई भेट्न नआएको उत्तर भारत समुदायका नेता अजय सिंहले द वायरलाई बताएका छन् ।
आफूहरुले उक् समस्याबारे छलफल गर्न सांसद सिआर पाटिलसँग बारम्बार भेट्न प्रयास गरे पनि सम्भव नभएको र अहिले चुनाव आएपछि प्रचारप्रसारमा आएको भन्दै चुनाव नै बहिस्कार गरेका उनले बताए । पछिल्लो २५ वर्षयता कर तिर्दैआएको उत्तर भारत क्षेत्रको समुदाय नै चुनावको माहोलमा आन्दोलित बनेको हो । जब कि, उक्त समुदाय गुजरतामा कुनै पार्टीलाई जिताउने वा हराउने निर्धारक शक्तिको रुपमा चिनिएको छ ।
सांसद सिआर पाटिलले भने केही मानिसहरु मात्रै आफूविरुद्ध लागेको प्रतिक्रिया दिएका छन् । तर उनीहरुको आन्दोलनले आफूलाई असर नगर्ने उनको जिकिर छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ