न्युजिल्याण्ड सरकारले बन्दुकसम्बन्धी कानूनमा सुधार गर्ने

न्युजिल्याण्ड सरकारले बन्दुकसम्बन्धी कानूनमा सुधार गर्ने

  • सोमवार, चैत्र ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

वेलिङटन, ४ चैत । न्युजिल्याण्डका प्रधानमन्त्री जासिन्दा एर्डेनले सोमबार बसेको मन्त्रिपरिषद बैठकमा १० दिनभित्र बन्दुक सम्बन्धी कानूनमा सुधार गर्ने धारणा राख्नुभएको छ ।
बन्दुकसम्बन्धी नियममा सुधारगर्ने सम्बन्धमा संयुक्त गठबन्धन पार्टीहरु न्युजिल्याड लेबर पार्टी, न्युजिल्याण्ड फस्ट पार्टी र ग्रीन पार्टीबीच सहमती भएको एर्डेनले मन्त्रिपरिषदको बैठकपछि भएको एक प्रेस सम्मेलनमा बताउनु भएको छ ।
यद्यपी यस कानूनमा के कस्तो सुधार गरिने हो भन्ने बारेमा भने उहाँले विस्तृत जानकारी दिनु भएको छैन ।
गत शुक्रबार मात्र न्युजिल्याण्डमा क्राइस्टचर्चमा भएको आतङ्ककारी हमलाबाट ५० जना व्यक्तिको ज्यान गएपछि बन्दुकसम्बन्धी कानूनलाई सक्दो छिटो सुधार गर्ने बताउनु भएको हो ।

क्राइस्टचर्चमा भएको आतङ्ककारी आक्रमणको पनि अनुसन्धान भइरहेको उहाँले बताउनु भएको छ ।
यस भीषण आक्रमणमा परी थप ५० जना घाइते भएका थिए । सो आक्रमणपछि न्युजिल्याण्डमा पनि चर्चलगायतका विभिन्न धार्मिक समूहको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ