चीनको विश्वव्यापी नेतृत्व अमेरिकाभन्दा अघि 

चीनको विश्वव्यापी नेतृत्व अमेरिकाभन्दा अघि 

  • शनिबार, चैत्र २, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

बेइजिङ, २ चैत।  सन् २०१८ मा चीनको विश्वव्यापी नेतृत्व अमेरिकाको तुलनामा उच्च रहेको एक अध्ययन प्रतिवेदनले जनाएको छ ।

अमेरिकी जनमत सर्भेक्षण सञ्चालक, द ग्यालप अर्गनाइजेसनले बिहिबार जारी गरेको प्रतिवेदनमा चीनको औसत अनुमोदन मूल्याङ्कन ( मिडियन एप्रोभल रेटिङ) ३४ प्रतिशत पुगेको र यो तथ्याङ्क पछिल्लो दशकमा सबैभन्दा उच्च बिन्दूमा पुगेको रिपोर्टमा उल्लेख छ।
’ग्यालप्स रेटिङ वल्ड लिडर्स २०१९’ नाम दिइएको उक्त अध्ययनले अमेरिका, चीन, जर्मनी, रूसलगायत एक सय तीस वटा मुलुकमा सर्भेक्षणमा समावेश गरेको थियो ।
चिनियाँ नेतृत्व क्षमताको औसत अनुमोदन मूल्याङ्कनमा ३४ प्रतिशत, रुसको ३० प्रतिशत जर्मनीको सबैभन्दा अगाडि ३९ प्रतिशत र अमेरिकाको स्थान झर्दै ३१ प्रतिशत रहेको देखिएको छ ।
सन् २०१७ मा अमेरिका र चीन झण्डैझण्डै बराबरी स्थानमा थिऐ भने पछिल्लो तथ्याङ्कमा चीनले अमेरिकालाई उछिनेको छ ।
चीनले छिमेकी देश पाकिस्तानबाट सबैभन्दा धेरै ७३ प्रतिशत स्वीकृति पाएको छ भने अफ्रिकी देशहरूबाट ५३ प्रतिशत पाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ