जिम्बाबेको पूर्वी क्षेत्रमा आएको आँधीका कारण कम्तीमा २४ जनाको मृत्यु भएको यहाँका अधिकारीले शनिबार जनाएका छन्।
शुक्रबार मोजाम्बिक नजिकै सीमा क्षेत्रमा आएको आँधीले १०० जनाभन्दा बढी व्यक्ति हराएका स्थानीय एक सांसदले बताएआँधीका कारण हजारौँ मानिस प्रभावित भएका छन्। आँधी प्रभावित क्षेत्रमा विद्युत् काटिएको छ भने पुलहरू बाढीले बगाएको छ।
पूर्वी चिनामानि जिल्लाका सांसद जोसुवा साक्कोले एएफपीसँग भने, ‘अहिलेसम्मको जानकारीअनुसार २४ जनाको मृत्यु भएको र १ सय भन्दा बढी सम्पर्कमा आउनसकेका छैनन्।’
आँधी र आँधीपछि आएको बाढीका कारण २५ घरहरूको निशाना पनि भेट्न नसकिने गरी बगाएको बताइएको छ। बाढी, पहिरो र आँधीका कारण सयौँ घरमा क्षति पुगेको बताइएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline