आकाशे पुल भत्किँदा कम्तिमा ६ जनाको मृत्यु

आकाशे पुल भत्किँदा कम्तिमा ६ जनाको मृत्यु

  • शुक्रबार, चैत्र १, २०७५
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

एजेन्सी, चैत १ ।
भारतको मुम्बईस्थित रेल स्टेसन नजिकै रहेको एउटा आकाशे पुल भत्किँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । पैदलयात्रीका लागि बनाइएको पुल अकस्मात भत्किँदा अन्य ३० जनाभन्दा बढी घाइते भएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

छत्रपति शिवासी स्टेसनको पुल बिहीबार स्थानीय समयअनुसार साँझ ७ः३० बजे भाँचिएको हो । प्रत्यक्षदर्शीका अनुसार बिहीबार दिउँसो सो पुल मर्मत भएको थियो ।

भारतको वाराणसीमा एक वर्षअघि यस्तै पुल भत्किँदा १८ जनाको मृत्यु भएको थियो ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुल भाँचिएर मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फड्नभिसले दुर्घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न निर्देशन दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ