दुई मिनेट ढिलो हुँदा दुर्घटनाबाट बचेका एन्टोनिसले भने-‘मेरो भाग्यशाली दिन’

दुई मिनेट ढिलो हुँदा दुर्घटनाबाट बचेका एन्टोनिसले भने-‘मेरो भाग्यशाली दिन’

  • मङ्लबार, फाल्गुन २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

एजेन्सी, फागुन २८ ।कहिले काहिँ ढिला हुनुपनि सुखद क्षण बनिदिन्छ । यस्तै सावित भयाे युनानी नागरिक एन्टोनिस माभ्रोपोलसलाई ।

उनी आफूलाई ‘भाग्यमानी’ ठानिरहेका छन् जसले दुई मिनेट ढिलो पुगेकै कारण इथियोपियन एयरलाइन्सको विमानको निर्धारित यात्रा छुटाएका थिए ।

गत आइतबार इथियोपियाली विमान कम्पनीको बोइङ ७३७ राजधानी अदिस अबाबाबाट उडेको केही मिनेटपछि दुर्घटनाग्रस्त भएको थियो । जसमा सबै यात्रु र चालक दलका सदस्यहरुको मृत्यु भएको थियो ।

उक्त विमानको यात्री सूचीमा एन्टोनिसको पनि नाम थियो । तर त्यस दिन उनी दुई मिनेट ढिलो गरी विमानस्थल पुगेकै कारण उनको फ्लाइट छुट्यो ।

उनले ‘मेरो भाग्यशाली दिन’ भन्दै फेसबुकमा त्यस दिनको घटनालाई विस्तार गरेका छन् । उनले उक्त विमानका लागि आफूले लिएको टिकटसमेत फेसबुकमा पोस्ट गरेका छन् । आफू पुग्दा प्रस्थान द्वार बन्द भइसकेकाले उक्त विमानमा चढ्न नपाएको उनले बताए ।

केही मिनेटमै उक्त विमान दुर्घटना भएको खबर सुनेर आफू स्तब्ध भएको जिकिर गर्दै उनले दुई मिनेट ढिलोगरी विमानस्थल पुगेकोमा आफूलाई भाग्यशाली सम्झिएको पनि बताएका छन् ।

विमान छुटेपछि उनले अर्को विमानका लागि टिकट लिए । तर त्यसमा पनि उनले यात्रा गर्न पाएनन् । किनकि विमानस्थलमा अधिकारीहरुले उनलाई सोधपुछका लागि रोके । दुर्घटना भएको विमानको टिकट लिएर पनि यात्रा नगरेका कारणबारे सोधपुछ गर्न उनलाई रोकिएको थियो । ‘त्यो विमानको टिकट लिएर पनि यात्रा नगर्ने एकमात्र यात्रु मै रहेछु,’ उनले भने, ‘विमानस्थलका अधिकारीहरुले शंका निवारणका लागि मसँग सोधपुछ गरे, जसका कारण मैले अर्को फ्लाइट पनि गुमाएँ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ