उत्तर कोरियाली नेताको सौतेनी दाजुको हत्यामा संलग्न रहेको आरोप लागेकी आइसा रिहा

उत्तर कोरियाली नेताको सौतेनी दाजुको हत्यामा संलग्न रहेको आरोप लागेकी आइसा रिहा

  • सोमवार, फाल्गुन २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

 

एजेन्सी, फागुन २७ । उत्तर कोरियाका नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ–नामको हत्यामा संलग्न भएको आरोप लागेकी इन्डोनेसियाली महिला सिती आइसा रिहा भएकी छन् ।

इन्डोनेसियाली आइसामाथि लागेको हत्या आरोप फिर्ता लिएसँगै उनी रिहा भएकी हुन् । उनीसँगै भियतनामका डोएन थी हुओङमाथि नामको हत्यामा संलग्न भएको आरोप लागेको थियो ।

नामको अनुहारमा मलेसियाको क्वालालम्पुर विमानस्थलमा सन् २०१७ मा विषाक्त चिज छर्किएको आरोप उनीहरुमाथि लगाइएको थियो । दुवैले आरोप अस्वीकार गरेका छन् ।

नाममाथि सन् २०१७ को फेब्रुअरी १३ मा विषाक्त चिज प्रहार भएको थियो । उपचारका क्रममा उनको निधन भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ