जेट विमान उडेको ६ मिनेटमै दुर्घटनामा, १५७ जनाको मृत्यु

जेट विमान उडेको ६ मिनेटमै दुर्घटनामा, १५७ जनाको मृत्यु

  • आइतवार, फाल्गुन २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.2K
    SHARES

२६ फागुन, काठमाडौं । इथियोपियामा विमान दुर्घटना हुँदा चालक दलका सदस्य सहित त्यसमा सवार सबै १५७ जनाको मृत्यु भएको छ ।
इथियोपियन एयरलाइन्सका अनुसार राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको जेट विमान उडेको ६ मिनेटमै दुर्घटनामा परेको हो। राजधानीदेखि ६० किलोमिटर दक्षिण पूर्वी क्षेत्र बिसोफ्टु नजिकदुर्घटना भएको हो ।
विमानमा १ सय ४९ जना यात्रु र चालक दलका ८ जना सदस्य रहेका थिए । इथियोपियन एयरलाइन्सले विमानमा विभिन्न ३३ देशका नागरिक रहेको बताएको छ । बोइङ ७३७ म्याक्स ८ विमान स्थानीय समय अनुसार विहान ८ बजेर ४४ मिनेटमा दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने अहिलेसम्म खुलेको छैन ।
इथियोपियाको सरकारी सञ्चार माध्यम इथियोपियन ब्रोडकास्टिङ कर्पोरेसनले विमानमा कोही पनि जीवित नरहेको बताएको उल्लेख गरेको छ ।
विमान जमिनमा ठोक्किएर ठूलो आवाज आएको र चर्को आगो बलेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले लेखेको छ । विमान दुर्घटनाको पहिलो सूचना इथियोपियाका प्रधानमन्त्री अबि अहमदले आफ्नो ट्विटरमार्फत दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ