उत्तर कोरियाले फेरी मिसाइल प्रक्षेपण गर्दै, मुख्य रकेट परीक्षण स्थल सोहय फेरि सञ्चालन होला ?

उत्तर कोरियाले फेरी मिसाइल प्रक्षेपण गर्दै, मुख्य रकेट परीक्षण स्थल सोहय फेरि सञ्चालन होला ?

  • शनिबार, फाल्गुन २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

एजेन्सी, २५ फागुन । उत्तर कोरियाले मिसाइल प्रक्षेपणको तयारी गरिरहेको छ ।
अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार राजधानी प्योङयाङ नजिकको सामुन्डोङ परीक्षण केन्द्रबाट मिसाइल परीक्षणको तयारी भैरहेको स्याटलाइट तस्वीरहरु सार्वजनिक भएका छन्।
सामुन्डोङमा धेरैजसो व्यालेष्टिक मिसाइल र रकेटहरुको अन्तिम काम हुने गर्दथ्यो ।
उत्तर कोरियाको मुख्य रकेट परीक्षण स्थल सोहय फेरि सञ्चालनमा ल्याउने तयारी भैरहेको समाचार सार्वजनिक भएको एक हप्ता नबित्दै रकेट प्रक्षेपण गर्न लागेको रिपोर्ट प्रकाशमा आएको हो ।
विज्ञहरुले भने प्योङयाङ मिसाइल परीक्षण भन्दा पनि स्याटलाइट परीक्षणको तयारीको चरणमा रहेको विश्वास गरेका छन् ।
गरेका गत वर्ष अमेरिकासंगको वार्ता रोकिए पछि सोहाय केन्द्र निस्कृय बनाउने तयारी रोकिएको थियो ।
हिजो मात्र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाले आणविक हतियार परीक्षण पूनः गरे त्यसले निराश बनाउने बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ