एजेन्सी, २५ फागुन ।
अमेरिकाले चीन पठाउन लागेकाे प्रतिनिधी टाेलीकाे बेइजिङ जाने कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ । चीनमा हुने भनिएको उच्चस्तरीय बैठकमा नयाँ सहमती गर्नका लागि आवश्यक अध्ययन बाँकी नै रहेको भन्दै हृवाईट हाउसका व्यापार सल्लाहकार क्लेट विलेम्सले तत्कालका लागि चीन जाने योजना स्थगित गरेको बताउनुभएको हो ।
यद्यपी आफूहरु निरन्तर दिन चिनिया अधिकारीसँग संवादमा रहेकाले व्यापार युद्ध अन्त्यको प्रयास सकारात्मक मोडमा पुगेको उहाँको भनाई छ ।
दुई मुलुकबीचको कर निति र त्यसपछि चिसिएको सम्बन्धलाई सुरधारका लागि दुवै मुलुक निरन्तर संवादमा जुटेका हुन् विश्व अर्थतन्त्रको ठूलो हिस्सा ओगटेका दुई मुलुकबीचको व्यापारिक तनावका कारण विश्वबजारमै गम्भीर असर पुगेको छ ।
चीनको व्यापार नीति र अभ्यास, सरकारी छुट, प्रविधि, बजारमा पहुँच सहित बौद्धिक सम्पत्ती माथिको अधिकारका विषयमा सुधारका लागि अमेरिकाले पहल गरिरहेको छ । वार्ताले सकारात्मक मोड लिएपछि गत मार्च दुईदेखि नयाँ कर लगाउने योजना अमेरिकाले स्थगित गरेको थियो ।