खामभित्र विस्फोटक पदार्थ भेटियो, प्रहरीद्धारा अनुसन्धान सुरु

खामभित्र विस्फोटक पदार्थ भेटियो, प्रहरीद्धारा अनुसन्धान सुरु

  • बुधबार, फाल्गुन २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

२२ फागुन, काठमाडौं । लण्डनका दुई विमानस्थल र एक रेल स्टेशनहरुमा विष्फोटक पदार्थ फेला परेको छ ।
हिथ्रो एयरपोर्ट, लण्डन एयरपोर्ट र वाटरलु स्टेशनमा विष्फोटक पदार्थ फेला परेका हुन् । विप्फोटक पदार्थ भेटिएलगत्तै प्रहरीले यी घटनाको जाँच सुरु गरेको छ ।
प्रहरीका अनुसार विष्फोटक सामाग्रीलाई ए फोर आकारको खामभित्र राखिएको थियो । विष्फोटक पदार्थलाई खामभित्र उक्त खाम खोल्ने बित्तिकै आगो लागने तरिकाले राखिएको थियो ।
विष्फोटक पदार्थले कसैलाई हानी भने नर्पुयाएको प्रहरी अधिकारीहरुले बताएका छन् । विष्फोटक पदार्थले उडान र रेलको आवागमनमा पनि असर पुगेको छैन ।
लण्डनका मेयर सादिक खानले लण्डनलाई सुरक्षित बनाउन सहयोग गरेको भन्दै सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएका छन् ।
यसअघि अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामा र पूर्व्विदेशमन्त्री हिलारी क्लिन्टनलाई पनि हुलाकमार्फत विष्फोटक पदार्थ पठाइएको थियो । यद्यपि उनीहरुको ठेगानामा पुग्नु अगावै प्रहरीले जफत गरेपछि सम्भावित क्षति टरेको थियो ।
तर, सीएनएन टेलिभिजन च्यानलको कार्यालयमा त्यस्तै शंकास्पद बस्तु पुगेपछि समाचार कक्ष नै खालि गराउनु परेको थियो । यसलाई ‘पार्सल काण्ड’ भनेर बुझिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ