लोकप्रिय प्राईम टेलिभिजनको प्रसारणमा रोक

लोकप्रिय प्राईम टेलिभिजनको प्रसारणमा रोक

  • मङ्लबार, फाल्गुन २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

एजेन्सी, २१ फागुन ।
जाम्बियाको स्वतन्त्र प्रशारण प्राधिकरणले निजी क्षेत्रले सञ्चालन गरेको देशको लोकप्रिय प्राईम टेलिभिजनको प्रसारणमा रोक लगाएको छ ।
गैर व्यावसायिक विषयबस्तु प्रसारण गरेको भन्दै टेलिभिजनको प्रसारणमा रोक लगाएको अधिकारीहरूले जनाएका छन् ।
सोमबारदेखि ३० दिनसम्म प्रसारण गर्न बन्देज लगाइएको प्राधिकरणका बोर्ड सचिव जोसेफिन मापोमाले जानकारी दिए ।
गलत, असन्तुलित, बनावटी समाचार तथा अन्य सामग्री प्रसारण गरेर कानुनको उल्लंघन गरेको ठहर प्राधिकरणको बोर्डले गरेको हो ।
पत्रकारिताका आधारभूत आचारसंहिता पालना गर्नसमेत नसकेकाले कारबाही स्वरुप सो टेलिभिजनको प्रसारण बन्द गराउनु परेको बताइएको छ ।
टेलिभिजनको प्रसारण बन्द गराउनुमा कुनै राजनीतिक कारण नभई प्रसारण सम्वन्धी ऐन उल्लंघन नै कारण भएको दाबी पनि सचिव मापोमाले गरे ।
सो टेलिभिजनविरुद्ध सरकार पक्षीय पार्टी र सरकारको विरुद्धमा अनावश्यक र झुटो विवरणहरु पेश गरेको भन्दै उजुरी परेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ