पाकिस्तानले आफ्नै देशमा निर्मित फाईटर विमानले भारतीय लडाकु विमान ध्वस्त पारेको खुलासा

पाकिस्तानले आफ्नै देशमा निर्मित फाईटर विमानले भारतीय लडाकु विमान ध्वस्त पारेको खुलासा

  • सोमवार, फाल्गुन २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 18.6K
    SHARES

एजेन्सी, २० फागुन ।
पाकिस्तानले भारतीय वायु सेनाको विमान खसाल्न आफ्नै मुलुकमा निर्मित विमान प्रयोग गरेका पुष्टि भएको छ । गत बुधवार जम्मु कश्मीरको बडगाम नजिकै भारतीय वायुसेनाको विमान पाकिस्तानले आक्रमण गरेर खसालेको थियो ।

उक्त आक्रमणमा भारतले अमेरीकन निर्मित एफ १६ विमान प्रयोग गरेको बताईरहदा पाकिस्तानले भने चीन र पाकिस्तानले संयुक्त रुपमा निर्माण गरेको जेएफ १७ थन्डर नामक फाईटर जेट नामक विमानको प्रयोग गरेको खुलासा भएको छ ।
उक्त समाचार अमेरीकाको केवल न्युज नेटवर्कले प्रकाशित गरेको छ ।

भारतको दाबी पछि अमेरीकाले एफ १६ लडाकु विमान प्रयोग भए नभएकोबारे अनुसन्धान गर्ने घोषणा गरेको थियो ।
पाकिस्तानले यसअघि अमेरीकाबाट खरिद गरिको उक्त विमान अन्तरदेशीय लडाईमा प्रयोग नगर्ने सम्झौतापछि ल्याईएको थियो ।
पछिल्लो आक्रमणमा प्रयोग भएको जेएफ १७ थन्डर विमान भने चीन र पाकिस्तानले संयुक्त रुपमा बनाउदै आएका छन् ।

भारतले पाकिस्तानी एयर स्पेसमा उडाएको एमआईजि २१ रुसी डिजाईजमा बनेको पनि बताईएको छ । यो विमान भारतीय सेनाले १९६० देखि प्रयोग गर्दै आएको जनाईएको छ ।

उता भारतीय विमान आक्रमण गरी नियन्त्रणमा लिएका भारतीय पाईलट फिर्ता गरिसकेपछि पनि दुई मुलुकबीच द्धन्द जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ