भारत–पाकिस्तानबीचकाे तनाव थामिने संकेत, ट्रम्पले भने : भारत-पाकिस्तान युद्ध गर्दैनन्, म मिलाउँछु

भारत–पाकिस्तानबीचकाे तनाव थामिने संकेत, ट्रम्पले भने : भारत-पाकिस्तान युद्ध गर्दैनन्, म मिलाउँछु

  • शुक्रबार, फाल्गुन १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

केही दिनयता जारी भारत र पाकिस्तानबीचकाे द्वन्द्व थामिने संकेत देखिएको छ। पाकिस्तानले बुधबार नियन्त्रणमा लिएका भारतीय लडाकु विमानका पाइलट अभिनन्दनलाई शुक्रबार रिहा गर्ने निर्णय बिहीबार गरेसँगै दुई मुलुकबीचको तनाव थामिने संकेत देखिएको हो। फरवरी १४ मा भारत प्रशासित जम्मुकस्मिरको पुलवामा भारतीय सुरक्षाबलमाथि भएको आत्मघाती हमलामा ४० भन्दा बढी सुरक्षाकर्मीको मृत्यु भएपछि दुई मुलुकबीच विवाद चर्किएको हो। हमलामा पाकिस्तानको हात रहेको दाबी भारतको छ।

घटनामा पाकिस्तानको हात रहेको भन्दै भारतले मंगलबार पाकिस्तानको बालाकोट क्षेत्रमा हवाई हमला गरेको थियो। त्यसको जवाफमा बुधबार बिहान पाकिस्तानले भारतीय वायु सेवाका दुई विमानलाई खसालिदिएको दाबी गरेको थियो। पाकिस्तानले हमलामा प्रयोग गरिएका भारतका दुइटा विमान खसालेको दाबी गरे पनि भारतले भने मिग–२१ लडाकु विमान पाकिस्तानी हमलामा दुर्घटना भएको र पाइलट हराइरहेको जनाएको थियो। भारतले पनि उडानमा रहेको एउटा पाकिस्तानी लडाकु विमान खसालिदिएको दाबी गर्दै आएको छ। पाकिस्तानले भारतीय पाइलट अभिनन्दनलाई नियन्त्रणमा लिएको पुष्टि गर्दै उनलाई सम्मानका साथ राखेको भिडियो सार्वजनिक गरेको थियो ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बिहीबार संसद्को संयुक्त सत्रलाई सम्बोधन गर्दै भारतीय विमानका पाइलटलाई शान्तिको सन्देश दिँदै छोड्न लागेको बताए।

यता, भारत र पाकिस्तानबीच युद्धको अवस्था बनिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुख खोलेका छन् ।  भियतनामको हनोईमा अमेरिकी राष्ट्रपतिले भारत र पाकिस्तानबीचको तनावको समाचार आफूले सुनिरहेको बताउँदै यसलाई चाँडै सुल्झाउने बताए ।

ट्रम्पले अमेरिकाको मध्यस्थतामा यी दुई देशबीचको तनाव समाप्त हुने बताए । उनले अहिले पनि यी दुई देशबीच आफूले मध्यस्थता गरिरहेको खुलासा गरे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘मलाई भारत र पाकिस्तानबीचको तनावको समाचार प्राप्त भइरहेको छ । दुवै देशमा पछिल्लो कयौँ समयदेखि तनाव जारी छ। हामी यस विवादलाई सुल्झाउन मध्यस्थता गरिरहेका छौँ । तनाव भए पनि मलाई राम्रो समाचार पनि मिलिरहेको छ। हामीलाई आशा छ लामो समयदेखि देखिएको यो तनाव चाँडै समाप्त हुन्छ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ