पाकिस्तानको आक्रमणबाट आफ्नो विमान ध्वस्त भएको भारतको स्वीकारोक्ति, एक पाइलट बेपत्ता छन्- प्रवक्ता

पाकिस्तानको आक्रमणबाट आफ्नो विमान ध्वस्त भएको भारतको स्वीकारोक्ति, एक पाइलट बेपत्ता छन्- प्रवक्ता

  • बुधबार, फाल्गुन १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

१५ फागुन, काठमाडौं । भारतले आफ्नो लडाकु विमानमा आक्रमण गरेर पाकिस्तानी वायू सेनाले खसाएको स्वीकारेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले पत्रकार सम्मेलन गरी पाकिस्तानले आफ्नो विमान खसाएको जानकारी दिएका हुन् ।
उनले भारतको एयरस्ट्राइकको जवाफमा पाकिस्तानले एक्सन लिएको पुष्टि गरे । साथै आफ्नो सेनाले पनि पाकिस्तानको लडाकु बिमान खसाएको पनि उनले दावी गरे ।
पत्रकार सम्मेलनमा बोल्दै रवीश कुमारले भने, ‘पाकिस्तानको कारवाहीमा भारतको एउटा मिग विमान ध्वस्त भयो र हाम्रो एक पाइलट बेपत्ता छन् ।’
यसअघि पाकिस्तानले दुईवटा भारतीय बिमानलाई खसाएको र एक पाइलटलाई नियन्त्रणमा लिएको बताएको थियो । पाकिस्तानी सेनाले एउटा ४६ सेकेन्डको भिडियो पनि सार्वजनिक गरेको छ ।
भिडियोमा आँखामा पट्टी बाँधिएको एक व्यक्ति देखिन्छन् । उनी भारतीय वायूसेनाका विङ कमान्डर अभिनन्दन भएको बताइएको छ । भिडियो उनले भन्छन्, ‘म भारतीय वायूसेनाको एक अधिकारी हुँ । मेरो सर्भिस नम्बर २७९८१ हो ।’
भारतीय पक्षबाट भने यो भिडियोको विषयमा प्रतिक्रिया आएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ