ट्रम्प र किमबीच दोस्रो शिखर वार्ता हुँदै

ट्रम्प र किमबीच दोस्रो शिखर वार्ता हुँदै

  • बुधबार, फाल्गुन १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

एजेन्सी, फागुन १५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच दोस्रो शिखर वार्ता आज हुँदैछ । वार्ताको लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हिजो साँझ भियतनामको हनोइ पुगेका छन् ।

यसअघि उत्तर कोरियाली नेता किम तीन दिनको रेलयात्रापछि हिजै बिहान हनोइ पुगेका थिए । किमका साथमा उनकी बहिनी किम यो जोङ र प्रमुख सहयोगी पूर्व जनरल किम योङ चोल पनि छन् ।

ट्रम्प र किमबीचको दोस्रो ऐतिहासिक वार्ता दुई दिनसम्म चल्नेछ । गत वर्ष सिंगापुरमा भएको पहिलो वार्ताका क्रममा भएका सहमति कार्यान्वयनको समीक्षा र परमाणु निःशस्त्रीकरणका बारेमा आज हुने वार्तामा छलफल हुने बताइएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ