अदालत नजिकै गोली चल्दा तीनको मृत्यु, छ घाइते

अदालत नजिकै गोली चल्दा तीनको मृत्यु, छ घाइते

  • मङ्लबार, फाल्गुन १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

जोहानेसवर्ग ।

दक्षिण अफ्रिकाको दर्बानस्थित उच्च अदालत रहेको भवनमा गोली चल्दा कम्तिमा तीन जनाको मृत्यु भएको र छ जना अन्य घाइते भएका यहाँको प्रहरी तथा स्वास्थ्य अधिकारीहरूले सोमबार जनाएका छन् ।

प्रहरी प्रवक्ता थेम्वेका एमबेलेले घटनाको पुष्टि गर्दै एएफपीसँग भन्नुभयो, “एक बन्दूकधारीले चलाएको गोली लागी तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जना नगर प्रहरी रहेका छन् ।”

“मृतक अन्य दुई जना महिला रहेका छन् भने उनीहरूको सनाखत हुन सकेको छैन ।” आकस्मिक उद्धार सेवाकी उद्धार परिचालन शाखाकी निर्देशक गारिथ यामिन्सनले भन्नुभयो, “घाइते छ जनामध्ये पाँच जनालाई गम्भीर चोट लागेकाले अस्पतालमा उपचारका लागि पठाइएको छ ।

उद्धारका लागि आफ्नो टोली तत्काल घटनास्थलमा पुगेको तर घटनास्थलमा रगतको आहाल देखिएको उहाँले बताउनुभयो ।

गोली भवनको पहिलो तल्लामा चलेको र उक्त स्थान शहरको उच्च अदालतनजिकै रहेको सुरक्षाकर्मीले बताएका छन् ।

स्मरण रहोस, सोही शहरमा एक जना विदामा रहेका एक प्रहरीले गोली चलाउँदा सम्बन्धविच्छेद मामिला हेर्ने अदालतमा गोली चलाई सम्बन्ध विच्छेद गरेकी आफ्नी पूर्व श्रीमती र उनका भाइलाई हत्या गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ