पाकिस्तानी क्षेत्रमा भारतीय वायुसेनाको हमला, के याे युद्वकाे सुरूवात हाे ?

पाकिस्तानी क्षेत्रमा भारतीय वायुसेनाको हमला, के याे युद्वकाे सुरूवात हाे ?

  • मङ्लबार, फाल्गुन १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

नयाँ दिल्ली, फागुन १४ । भारत र पाकिस्तानबीचकाे सम्बन्ध झन् तनावपूर्ण स्थितिमा पुगेको छ । भारत प्रशासित कश्मीरको पुलवामा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच चिसिएको सम्बन्ध मंगलबार थप तनावपूर्ण बनेकेा हाे। दुवै मुलुक युद्ध उन्मुख भएको परिदृष्य देखा परेको छ ।

सीमा क्षेत्रमा दुई मुलुकका सेनाबीच तनावपूर्ण अवस्था रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतीय संचारमाध्यमका अनुसार गएराति पाकिस्तानी क्षेत्रबाट भारतीय क्षेत्रमा मोर्टार हमला भएको छ ।

यता, पाकिस्तानी पक्षले भने भारतीय वायुसेनाको विमान नियन्त्रण रेखा पार गरी पाकिस्तानी क्षेत्रमा प्रवेश गरेर हमला गरेको आरोप लगाएको छ ।

मंगलबार बिहानै पाकिस्तानी सेनाका मेजर जनरल आसिफ गफूरले केही तस्वीरका साथ ट्वीट गर्दै लेखेका छन्, ‘भारतीय वायुसेनाले नियन्त्रण रेखा उल्लंघन गरेको छ, पाकिस्तानी वायुसेनाले तत्काल कारवाही गरेको छ ।’

उता, पाकिस्तानी पत्रकार अर्सलान सिद्दीकीले एक भिडियो ट्वीट गरेका छन्, जसमा पाकिस्तानी सेना भारतीय लडाकु विमानलाई लक्षित गरेर मोर्टार प्रहार गरेका देखिन्छन् । उक्त भिडियोको आधिकारिकता भने पुष्टि हुन सकेको छैन ।

कश्मीरका पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाहले पनि ट्वीट गर्दै पाकिस्तानी क्षेत्रमा भारतीय वायुसेनाले हमला गरेको सही हो भने यो ठूलो कारवाही भएको जिकिर गरेका छन् । तर उनले यसबारे सरकारको आधिकारिक धारणा बाहिर आउनुपर्ने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ