प्रधानमन्त्री मोदीले किन धोए पाँच मजदुरको खुट्टा ?

प्रधानमन्त्री मोदीले किन धोए पाँच मजदुरको खुट्टा ?

  • सोमवार, फाल्गुन १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

एजेन्सी, फागुन १३ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाँचजना सफाई मजदुरको खुट्टा धोएका छन् । आइतबार उत्तर प्रदेशको प्रयागराजमा मोदीले पाँच सफाइकर्मीलाई कुर्सीमा राखेर आफू होचो आसनमा बसेरे पालैपालो खुट्टा धोएका हुन् ।
सामान्य नागरिकको खुट्टा प्रधानमन्त्री मोदीले धोएको उक्त तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि धेरैले प्रतिक्रियासमेत दिएका छन् ।
कुम्भ मेलामा उनीहरुले निर्वाह गरेको विशेष योगदानलाई मध्यनजर गर्दै उनीहरुको खुट्टा धोएको भन्दै मोदीले सफाइकर्मीहरुको खुट्टा धुनु आफ्नो जीवनको अविस्मरणीय पल रहेको बताए । ‘उहाँहरुको आशिर्वाद, स्नेह, तपाईहरु सबैको आशिर्वाद, तपाईहरु सबैको स्नेह ममाथि यसैगरी रहिरहोस्,’ मोदीले भने ।
भारतका प्रधानमन्त्रीले यसरी सर्वसाधारणको खुट्टा धोएको पहिलोपटक भएको भारतीय सञ्चारमाध्यमको दावी छ ।


कतिपयले मोदीको यो कदमलाई ‘मतदाता खुशी पार्ने एउटा कला’ पनि ठानेका छन् । आसन्न चुनावलाई मध्यनजर गर्दै मोदी नेतृत्वको सरकारले विभिन्न योजना तथा कार्यक्रम अघि सारेको छ । विपक्षी दलहरु एकजुट हुँदै गएको अवस्थामा उनका लागि आगामी चुनावमा आफ्नो वर्चश्व कायम राख्न ठूलो चुनौती देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ