उत्तर कोरियाली नेता किम रेलमार्ग हुँदै भियतनाम प्रस्थान, ट्रम्पसँग फ्रेब्रुअरी २७ मा भेट हुने

उत्तर कोरियाली नेता किम रेलमार्ग हुँदै भियतनाम प्रस्थान, ट्रम्पसँग फ्रेब्रुअरी २७ मा भेट हुने

  • आइतवार, फाल्गुन १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

प्योङयाङ, फागुन १२ । उत्तर कोरियाली नेता किम जोन उन भियतनाम प्रस्थान गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग यही फेब्रुअरी २७ र २८ मा हनोइमा हुने शिखर वार्ताका लागि उनी रेलमार्ग हुँदै भियतनाम प्रस्थान गरेका हुन् । उनीसँग बहिनी किम यो जोन र पूर्व जनरल किम योङ चुल पनि भ्रमणमा सहभागी छन् ।
परमाणु निशस्त्रीकरणका विषयमा छलफल गर्न उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीच दोस्रो भेटवार्ता हुन लागेको हो । यसअघि दुई नेताबीच गत वर्ष सिंगापुरमा वार्ता भएको थियो ।
परमाणु निशस्त्रीकरणका लागि पहिलो वार्तामा केही सकारात्मक प्रयास भए पनि दोस्रो वार्तामा पनि त्यही विषयलाई प्रभावकारी ढंगले उठान गरिने बताइएको छ । वार्ताका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमलाई परमाणु कार्यक्रम अन्त्यका लागि मनाउने प्रयास गर्ने विश्लेषण गरिएको छ ।
अमेरिका र उत्तर कोरियाबीचको सम्बन्ध विस्तारमा मध्यस्तकर्ताको भूमिका निर्वाह गरेकाले दुई नेताबीचको वार्ता भियतनाममा गर्ने तय भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ