राष्ट्रपतिकाे आलाेचना गर्ने सुडानको प्रसिद्ध पत्रिकाका सम्पादक पक्राउ

राष्ट्रपतिकाे आलाेचना गर्ने सुडानको प्रसिद्ध पत्रिकाका सम्पादक पक्राउ

  • शनिबार, फाल्गुन ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

खार्तुम, ११ फागुन । 

सुडानको सुरक्षा निकायले त्यहाँको प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा गर्दै सरकारको विघटन गर्नु सही कदम नभएको प्रतिक्रिया टेलिभिजनमार्फत दिएको आरोपमा पक्राउ गरिएको उहाँको पारिवारिक स्रोतले शनिबार जानकारी गराएको छ ।
अल–तायर दैनिकका प्रधान सम्पादक ओस्मान मिर्घानीलाई सुरक्षाकर्मीले शुक्रबार राति उहाँको कार्यालयबाट पक्राउ गरेको उहाँका भाई अली मिर्घानीले एएफपीलाई जानकारी गराउनुभयो ।
सम्पादक मिर्घानीले बसिरको तीन दशक पूरानो शासनविरूद्ध केही हप्तादेखि भइरहेको आन्दोलनलाई दबाउन सङ्कटकालको घोषणा गर्ने पछिल्लो कदम गलत भएको बताएलगत्तै सुरक्षाकर्मीले उहाँकै कार्यालयबाट गिरफ्तार गरेको थिए ।
भाई अली मिर्घानीले भन्नुभयो, “राष्ट्रपतिले सङ्कटकालको घोषणा गरेपछि मेरो दाजुले यसबारे अरबी सञ्चारमाध्यमार्फत् प्रतिक्रिया दिनुभएको थियो ।”
“त्यसपछि उहाँलाई कार्यालयमा छापामारी पक्राउ गरिएको थियो । अहिलेसम्म उहाँलाई कहाँ लगिएको र कुन अवस्थामा राखिएको छ भन्नेबारे केही बताइएको छैन ।”
उहाँले भन्नुभयो, “सुडानी राष्ट्रिय गुप्तचर तथा सुरक्षा सेवाका अधिकारीले शनिबारका लागि छापिएका अल–तैयरका सबै पत्रिका नियन्त्रणमा लिएको छ ।”
यसबारे प्रतिक्रियाका लागि प्रहरी तथा अन्य सुरक्षा अधिकारीले उपलब्ध हुन चाहेनन् ।
स्काई न्युज अरेवियाले मिर्घानीसँग शुक्रबार लिएको अन्तवार्तामा के बसिरको नयाँ कदमले आन्दोलित जनताको आक्रोशलाई साम्य गर्नेछ भनी गरिएको प्रश्नमा उहाँले राष्ट्रपतिको पछिल्लो कदमले झन् आन्दोलनको नयाँ तरङ्ग ल्याउने र ‘यसले जनतालाई सरकार हटाउन थप दवाव दिनुपर्ने सन्देश दिने’ बताउनुभएको थियो ।
अमेरिकाबाट इन्जिनियरिङ गरेका मिर्घानीले स्वदेश फर्केर पत्रकारिता शुरू गर्नुभएको थियो । उहाँलाई सुरक्षाकर्मीले समाचार छापेकै कारण पटकपटक नियन्त्रणमा लिई छोडेका थिए ।
रिपोर्टर्स विदाउट बोडर्स नामक सञ्चारमाध्यम नियमक संस्थाले बताए अनुसार आन्दोलन शुरू भएको दिन गत डिसेम्बर यता कम्तिमा ७९ पत्रकारलाई पक्राउ गरेको थियो ।
सुडान विश्वको प्रेस स्वतन्त्रता सुचिमा १८० मुलकमध्ये १७४ औँ स्थानमा पर्छ ।
आन्दोलनलाई नियन्त्रणमा राख्न राष्ट्रिय सङ्कटकाल घोषणा गरिएको छ । आन्दोलनका क्रममा अहिलेसम्म ३१ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ भने मानव अधिकारवादी संघसंगठनको तथ्याङ्क अनुसार आन्दोलनका क्रममा अहिलेसम्म ५१ जनाको मृत्यु भएको छ ।
सुडानको सरकारले पाउरोटी, पेट्रोलियम पदार्थ लगायतका सामानमा अत्यधिक मूल्य वृद्धि भएपछि यसको विरोधमा आन्दोलन शुरू भएको थियो ।
सन् १९८९ मा इश्लामिक समूहको सहयोगमा राज्य विद्रोह गरी सत्तामा पुगेका ७५ बर्षीय राष्ट्रपति बसिर पछिल्लो आन्दोलनका कारण निकै कमजोर बनेका बताउने गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ