कार्पेट कारखानामा विष्फोट हुँदा १० जनाको मृत्यु

कार्पेट कारखानामा विष्फोट हुँदा १० जनाको मृत्यु

  • शनिबार, फाल्गुन ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

भादोही, ११ फागुन । 

भारतको उत्तर प्रदेशस्थित कार्पेट कारखानाको एक शाखामा शनिबार विष्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

बादोही जिल्लास्थित कार्पेट कारखाना रहेको भवनमा गैरकानूनी रूपमा पटका विक्री गरिँदै आएको प्राप्त प्रारम्भिक जानकारीमा उल्लेख छ ।

भवनमा शक्तिशाली विस्फोट भएको र भवनको भग्नाबशेषमा केही अन्य व्यक्तिहरू फसेको हुनसक्ने प्रहरी महानिरिक्षक पियुस श्रीवास्तवले बताउनुभयो ।

उहाँले भन्नुभयो, “घटना लगत्तै स्थानीयको सहयोगमा प्रहरीद्वारा तथा अन्य सरकारी तथा गैरसरकारी उद्धार समूहहरूले उद्धार कार्य थालेका छन् । घटनास्थलमा बम डिस्पोजल टोली पनि पुगिसकेको छ ।”

प्रहरीले विस्फोटको कारणबारे अनुसन्धान शुरू गरिसकेको छ । थप जानकारी अनुसन्धानपछि मात्र दिन सकिने उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ