एजेन्सी, १० फागुन ।
भारतको पुलुवामा दर्जनौ सुरक्षाकर्मी बिद्रोहिको धरापमा मारिएपछि त्यसको दोष पाकिस्तानमाथी लगाउदै युद्धको धम्की जारी राखे पछि पाकिस्तानी सेनाले प्रत्यक्रमणको तयारी तीब्र बनाएको छ। काश्मीर बिबादका कारण दुबै देशबीच लगातार दुश्मनी रहदै आएको छ । भारतले पाकिस्तानी सीमा छेत्र नजिक लडाकु बिमानहरुले उडान भर्दै युद्दको सन्केत दिए पछी पाक सेनाले जवाफी कार्वाहीको तयारी गरिरहेको जनाइएको छ ।
सिन्धु जल सन्धि बिपरित भारतले पाकिस्तान जाने पानी थुनेर डाइभर्ट गर्ने घोषणा गरेको छ । साथै उसले पाकिस्तानी क्रीकेट खेलाडीलाइ भिसा दिन अस्विकार गरेको छ ।
यस्तो स्थितिमा देश विरुद्ध आक्रमण भए त्यसको जवाफ दिन भन्दै पाकिस्तानी सेनाले सीमावर्ती छेत्रमा बन्कर बनाउने , अस्पतालहरुमा युद्धमा घाइते हुने जवानहरूलाइ उपचारका लागी तयार रहन अनुरोध गरेको छ । साथै जनतालाइ सिमानामा जथाभावी नजान पनि अनुरोध गरेको छ ।
सेना र पाकिस्तान प्रशासित कास्मीर सरकारले जारी गरेको सूचनामा यस्तो अनुरोध गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline