चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन काराबासको सजाय

चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन काराबासको सजाय

  • बिहिबार, फाल्गुन ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

एजेन्सी, फागुन ९ । चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन काराबासको सजाय दिने फैसला भएको छ ।

भ्रष्टाचारविरुद्धको अभियानको क्रममा राष्ट्रपति सि जिन पिङले उनलाई यसअघि नै पदच्यूत गरिसकेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

चिनियाँ सरकारी सेनाको सर्वोच्च पदमा सन् २०१२ मा नियुक्त भएका फाङ फेङघुई अहिले कारबाहीमा परेका हुन् । उनलाई सन् २०१७ को अगष्टमा जिम्मेबारीबाट हटाइएको थियो ।

सैन्य अदालतले उनलाई दोषी ठहर गर्दै आजीवन जेल सजायको फैसला गरेको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चीनमा भ्रष्टाचार लामो समयदेखि देशका लागि ठूलो समस्या बनेको छ । भ्रष्टाचारविरुद्धका अभियानहरू चलाइएका छन् भने हजारौँ सरकारी उच्च अधिकारी कारबाहीमा परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ