भारतलाई पाकिस्तानको चेतावनी, हतियारको जवाफ आणविक हतियारले दिन्छौं : ईमरान

भारतलाई पाकिस्तानको चेतावनी, हतियारको जवाफ आणविक हतियारले दिन्छौं : ईमरान

  • मङ्लबार, फाल्गुन ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

४० जवानको मृत्यु भएको यो घटनामा भारतले पाकिस्तानलाई दोषी ठहर्‍याएको छ र त्यसको जवाफ दिने बताएको छ । यो घटनाको जिम्मेवारी भने पाकिस्तानस्थित आतंकवादी संगठन जैश(ए(मोहम्मदले लिएको थियो ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खालले भने भारतले विना प्रमाण आरोप लगाएको बताएका छन् । उनले भने, ‘पाकिस्तान स्थायित्वतर्फ बढेको छ भने हामी किन यस्तो गर्छौं ।’
उनले अघि भने, ‘यसले पाकिस्तानलाई के फाइदा हुन्छ रु मैले पटक पटक भनेको छु कि यो नयाँ पाकिस्तान हो । पाकिस्तान आफैं आतंकवादीहरुबाट पीडित छ । म अफर गरिरहेको छु कि तपाई आउनुस् र छानविन गर्नुस् । यदि कसैले पाकिस्तानले जमिन प्रयोग गरेको छ भने उनीहरु हाम्रा पनि दुश्मन हुन् ।’

सम्वादबाट समस्या समाधान गर्नुपर्ने भन्दै भारतले यसबारे किन सोच्दैन भन्ने प्रश्न पनि गरेका छन् ।

पाकिस्तानी प्रधानमन्त्री इमरानले भनेका छन्, ‘भारतको मिडिया राजनीतिमा सुन्नमा आएको छ कि पाकिस्तानसँग बदला लिनुपर्छ, त्यसैले हमला गर्नुपर्छ । यदि तपाईलाई लाग्छ कि पाकिस्तानमाथि आक्रमण गर्नुपर्छ । पाकिस्तानले के सोच्छ रु सोच्ने मात्र होइन, पाकिस्तानले जवाफ दिन्छ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ