तालिबान कमाण्डरसहित ३१ लडाकूको मृत्यु

तालिबान कमाण्डरसहित ३१ लडाकूको मृत्यु

  • सोमवार, फाल्गुन ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

एजेन्सी, ६ फागुन। 

अफगानिस्तानको दक्षिणी प्रान्त फर्याबको कैसार जिल्लामा लुकेर बसेका तालिबान लडाकूलक्षित सरकारी सुरक्षा बलले गरेको कारबाहीमा परी १७ लडाकू मारिएका अफगान सेना प्रवक्ता मोहम्मद हानीफ रेजाईले सोमबार जानकारी दिनु भएको छ ।

सरकारी सुरक्षा बलले गरेको हवाई र स्थल कारबाहीमा तालिबान लडाकूका कमाण्डर मवलावी इस्माट इस्माटयारसहित १७ तालिबान लडाकूको घटनास्थलमा मृत्यु हुनुको साथै अन्य आठ घाइते भएका रेजाईले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ ।
यस सुरक्षा कारबाहीको क्रममा तीन सुरक्षा अधि
कारीहरुले पनि ज्यान गुमाएका र अन्य चार सुरक्षा अधिकारी सामान्य रुपमा घाइते भएका सरकारी स्रोतले जानकारी दिएको छ ।

यस कारबाहीको तालिबान आतङ्ककारी समूहले भने कुनै टिप्पणी गरेका छैनन् ।

त्यसैगरी अफगानिस्तानको दक्षिण प्रान्त जाबुलमा सुरक्षा अधिकारीहरु र तालिबान लडाकूहररु बीचभएको झडपमा परी १४ लडाूक मारिएका छन् । यस झडपमा परी अन्य १७ जना घाइते भएका छन् ।

सरकारी सुरक्षाबलले सो इलाकामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध जारी राखेको सुरक्षा कारबाहीको क्रममा यो झडप सुरु भएको बताइएको छ ।

सुरक्षा बलद्वारा जारी विज्ञप्तिमा यस कारबाहीको क्रममा सुरक्षाबल र सर्बसाधारण नागरिकतर्फ भने कुनै हताहत नभएको बताइएको छ ।

जाबुल प्रान्तको केही भागमा अशान्त मच्चारहेका तालिबान आतङ्ककारी समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

त्यसैगरी अफगानिस्तानको दक्षिण प्रान्त जाबुलमा सुरक्षा अधिकारी तालिबान लडाकूबीच भएको झडपमा परी १४ लडाूक मारिएका छन् । यस झडपमा परी अन्य १७ जना घाइते भएका छन् ।
सरकारी सुरक्षाबलले तालिबान लडाकूविरुद्ध जारी राखेको सुरक्षा कारबाहीको क्रममा यो झडप सुरु भएको बताइएको छ ।

सुरक्षा बलद्वारा जारी विज्ञप्तिमा यस कारबाहीको क्रममा सुरक्षाबल र सर्वसाधारण नागरिकतर्फ भने कुनै हताहत नभएको बताइएको छ ।

जाबुल प्रान्तको केही भागमा अशान्त मच्चारहेका तालिबान आतङ्ककारी समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ