मृत्युदन्ड दिन विज्ञापन !

मृत्युदन्ड दिन विज्ञापन !

  • बिहिबार, फाल्गुन २, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, फागुन २ । श्रीलंकामा सरकारले मृत्युदन्ड दिन दुईओटा पदका लागि विज्ञापन गरेको छ । उम्मेदवारको योग्यतामा उच्च नैतिकता खोजिएको छ ।

‘डेली न्यूज’मा छापिएको विज्ञापनमा ‘वधिक’ पदमा नियुक्त हुने व्यक्तिले मासिक ३६,३१० स्थानीय रुपैयाँ पारिश्रमिक पाउनेछन् । श्रीलंकामा वैधानिकरूपमै मृत्युदन्ड दिने व्यवस्था छ । तर, सन् १९७६ देखि कसैलाई पनि मृत्युदन्ड दिइएको छैन ।

मृत्युदन्ड दिने जिम्मा पाएका वधिकले पाँच वर्षअघि राजीनामा दिएपछि श्रीलंकामा उनको उत्तराधिकारी नियुक्त गर्न सकिएको छैन । विज्ञापन गरिएको पदका लागि अन्य योग्यतामा मानसिकरूपमा बलियो १८ देखि ४५ वर्षसम्मका पुरुष हुनुपर्ने उल्लेख छ ।

पहिलोपटक मृत्युदन्ड दिन जाँदा फाँसी दिने ठाउँ देखेपछि बिरामी परेका वधिकले सन् २०१४ मा राजीनामा दिएका थिए । त्यसपछि अर्का एकजनालाई सो पदमा नियुक्त गरियो । तर, उनी काम गर्न नै आएनन् । श्रीलंकामा लागुपदार्थ तस्करीमा संलग्न झन्डै १३ सयजनालाई मृत्युदन्डको सजाय सुनाइएको छ । तर, त्यसको कार्यान्वयन हुन बाँकी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ