१ करोड ३५ लाख मूल्य पर्ने ४ सय वर्ष पुरानो वृक्ष चोरियो

१ करोड ३५ लाख मूल्य पर्ने ४ सय वर्ष पुरानो वृक्ष चोरियो

  • बुधबार, फाल्गुन १, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.5K
    SHARES

एजेन्सी, १ फागुन । जापानको राजधानी टोकियो नजिकै साइतामास्थित एक बगैँचाबाट ४ सय वर्ष पुरानो बोन्साई (आकारमा ल्याइएको वृक्ष) चोरिएको छ। अरू ६ वटा रूखसमेत चोरिएका छन्।

ती रूखको मूल्य १ लाख १८ हजार अमेरिकी डलर (१ करोड ३५ लाख रुपैयाँ) भन्दा बढी छ। सबैभन्दा बहुमूल्य बोट शिम्पाकु जातको वनस्पतिको थियो। ४ सय वर्ष पुरानो उक्त बोन्साइको मात्र मूल्य ९० हजार डलर (एक करोड रुपैयाँभन्दा बढी) थियो।

चोरिएका बाँकीमध्ये तीनवटा देवदारका र तीनवटा अलि कम उमेरका शिम्पाकुका बोट थिए। सबैभन्दा जेठो शिम्पाकुको बोनसाई यसै महिना आयोजना गरिने प्रतियोगितामा राखिने कार्यक्रम थियो। जापानमा विशेष प्रविधि प्रयोग गरी बोनसाई बनाइन्छ। बोनसाई असली रूपमा रूख जस्तो देखिए पनि आकारमा कैयौं सानो हुने गर्छ। घरमा भाँडोमै बोनसाई हुर्काइन्छ।

उक्त बोनसाईको रेखदेख गर्दै आएका सिजी इमुराकी पत्नी फुयुमीले त्यसलाई नियमित रूपमा सिँचाइ गर्न चोरसँग आग्रह गरेकी छन्। उनले चोरलाई सम्बोधन गर्दै भनेकी छन्, ‘पानी नदिने हो भने बोनसाई एक साता पनि बाँच्ने छैन। हामीले यसलाई आफ्नै सन्तान जसरी रेखदेख गर्दै आएका थियौं। तिमीले पनि त्यस्तै माया गर्नू।’

बोनसाई चोरी भएपछि आफ्नो शरीरको भाग काटेको जस्तै पीडा र छटपटी भएको उनले बताइन्। उनको ठम्याइमा चोर निकै सिपालु हुनुपर्छ। ‘३ हजार विरुवामध्ये सबैभन्दा महँगो बोनसाई छानेर लैजान चानचुने चोरले पक्कै सक्दैन’, उनले भनेकी छन्।

जापानमा बोनसाई निकै लोकप्रिय मानिन्छ। बोनसाई राख्ने स्थानीय अन्य व्यक्ति, आफन्त, साथीसँगी र शुभेच्छुकले उनका घरमै पुगेर सान्त्वना दिन थालेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी