सीमा सुरक्षा सम्बन्धी एक कोष बनाउन सत्तापक्ष र डेमाक्रेटिक पार्टी सहमत

सीमा सुरक्षा सम्बन्धी एक कोष बनाउन सत्तापक्ष र डेमाक्रेटिक पार्टी सहमत

  • मङ्लबार, माघ २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

एजेन्सी,  माघ २९ ।

अमेरिकी सरकारको आंशिक खर्चबन्दी अन्त्यका लागि भन्दै सीमा सुरक्षा सम्बन्धी एक कोष बनाउन सत्तापक्ष रिपब्लिकन र डेमाक्रेटिक पार्टी सहमत भएका छन् ।

वासिङटनमा भएको छलफलमा सो समझदारी भएको बीबीसीले उल्लेख गरेको छ । सीमामा भौतिक छेकबारका लागि संघीय बजेटमा १ अर्ब ३ सय ७५ करोड डलर उपलब्ध गराउने प्रस्तावमा प्रतिपक्षी सहमत भएको हो । राष्ट्रपति ट्रम्पले पर्खाल निर्माणका लागि ५ अर्ब डलरको प्रस्तावमा अडान लिनुभएको छ ।

सहमतीको विवरणमा राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन गर्ने नगर्ने बारे भने स्पष्ट छैन । टेक्ससको एक कार्यक्रममा व्यस्त भएका ट्रम्पले समर्थन गरेपछि मात्रै सरकारको बन्द हट्ने बीबीसीले उल्लेख गरेको छ ।

मेक्सिकोसँगको सीमामा पर्खाल बनाउन आवश्यक रकम प्रस्ताव गरिएको संघीय बजेट पारित गर्न तल्लो सदनलाई दबाब दिँदै आउनुभएको छ । झण्डै ८ लाख संघीय सरकारका कर्मचारी तलबबिहीन भएको अवस्थामा अमेरिकि अर्थतन्त्रलाई सरकार बन्द हुँदा ११ अर्ब डलर घाटा भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ