चीनसगँ संभावित युद्धको तयारीमा भारत, अरुणाञ्चलको सिमा क्षेत्रमा सुरुगं बनाउने !

चीनसगँ संभावित युद्धको तयारीमा भारत, अरुणाञ्चलको सिमा क्षेत्रमा सुरुगं बनाउने !

  • आइतवार, माघ २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

छिमेकी मुलुक चीनको लगातारको विरोधका बाबजुद विवादीत अरुणाञ्चल प्रान्तको भ्रमण गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले करीब ४ हजार करोड भारु बराबरको सुरुगं मार्गको सिलन्यास गरेका छन् ।
तीन वर्ष भित्र पुरा गरिने यो योजना पछि सेनालाई द्रुत गतिमा चीनको सिमानामा पुर्याउन सजिलो हुने भारतीय अधिकारीहरुको भनाई छ ।
साथै सेनाको लागि बन्दो बस्तीका सामाग्री आपुर्ति गर्न सजिलो हुने जनाईएको छ । यो योजनाबारे भारतमा २० वर्षदेखि तयारी भएको बताईएको छ ।
३५ सय किलो मिटर लामो यो सिमा क्षेत्रको विवाद चीन र भारतबीच लामो समयदेखि कायम सबै भन्दा ठूलो विवादीत क्षेत्र हो । यसलाई चीनले आफ्नो दक्षिणी तिव्वत मान्दै आएको छ भने भारतले आफ्नो अभिन्न हिस्सा भन्दै कब्जा गरीरहेको छ ।
चीनको विदेश मन्त्रालयले शनिबार मोदीको अरुणाञ्चल भ्रमणको विरोध गर्दै दुई देशबीचको सम्बन्धलाई ध्यान दिएर यस्ता गतिविधिमा सचेत रहन आग्रह गरेको छ भने भारतको विदेश मन्त्रालयले अरुणाञ्चल भारतको हिस्सा भएको जिकिर गरेको छ ।
यो क्षेत्रमा सन् १९६२ मा दुवैदेशबीच युद्ध भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ