थाइल्याण्डकी राजकुमारीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय फिर्ता

थाइल्याण्डकी राजकुमारीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय फिर्ता

  • आइतवार, माघ २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

थाइल्याण्डकी राजकुमारी उबोलरत्नालाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको थाई रक्षा पार्टी आफ्नो निर्णयबाट पछि हटेको छ ।

थाइल्याण्डका राजा वाजिरालोङकोर्नले आगामी मार्चमा हुने प्रधानमन्त्री चुनावमा आफ्नी दिदीको अप्रत्याशित दावेदारीलाई अनुचित बताउँदै भर्त्सना गरेपछि थाई रक्षा पार्टी आफ्नो निर्णयबाट पछि हटेको हो ।

राजदरबारबाट एक वक्तव्य सार्वजनिक गर्दै थाई राजाले आफ्नी दिदीले उम्मेदवारी दिए त्यो देशको संस्कृतिविरुद्ध हुने बताएका थिए ।

थाई रक्षा पार्टीले राजपरिवारको निर्देशनलाई मान्ने बताउँदै राजकुमारीलाई चुनावमा उठाउने निर्णयबाट पछि हटेको जानकारी दिएको छ । ६७ वर्षीया राजकुमारी उबोलरत्ना माहीदोललाई पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको सहयोगी पार्टीले उम्मेदवार बनाउने तयारी गरेको थियो ।

थाइल्याण्डको शाही परिवार राजनीतिबाट अलग रहने परम्परा रहँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ