उडिरहेकेा जहाज अचानक घरकाे छतमा खसेपछि……

उडिरहेकेा जहाज अचानक घरकाे छतमा खसेपछि……

  • मङ्लबार, माघ २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

एजेन्सी ।

अमेरीकामा उठिरहेको जहाज एकाएक मानववस्ती रहेकाे घरको छतमा खस्दा पाँच जनाको मृत्यु भएको छ । क्यालिफोर्नियामा जहाज घरको छतमा खसेर दुर्घटना भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । लस एन्जेल्स नजिकै योरबा लिन्डामाथि उडिरहेको विमान सेस्ना ४१४ ए मा एक्कासी आगो लागेपछि घरको छतमा खसेको स्थानीय संचारमाध्यमहरुले बताएका छन् ।

प्रहरीका अनुसार विमान बजारिएको घरमा मालिकले एक पार्टीको आयोजना गरेका थिए। सोहि क्रममा त्यहाँ सहभागी ४ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परेको उक्त विमानका टुक्राहरु अन्य घरसम्म पुगेको भएपनि कुनै मानवीय क्षति हुन् नपाएको बताइएको छ । विमान दुर्घटना भएर छतमाथि खसेको थाहा पाएपछि त्यहाँबाट भागेर केहि व्यक्तिहरुले ज्यान जोगाउन सफल भएका थिए ।

एक्कासी आगोलागी भएपछि दुर्घटनामा परेको उक्त विमानका चालक अवकाशप्राप्त पुलिस अधिकारीको मृत्यु भएको हो भने दुर्घटनामा थुप्रै घाइते भएका छन् । विमानमा पाईलट बाहेक अन्य कोहि सवार नभएको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ