भेनेजुयलामा सरकार विरोधी प्रदर्शन चर्कियो, गोइदोलाई अन्तरिम राष्ट्रपतिको रुपमा अमेरीकाले मान्यता दियाे

भेनेजुयलामा सरकार विरोधी प्रदर्शन चर्कियो, गोइदोलाई अन्तरिम राष्ट्रपतिको रुपमा अमेरीकाले मान्यता दियाे

  • बिहिबार, माघ १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

एजेन्सी ।

अमेरिकारले भेनेजुयलामा सरकारविरुद्ध जारी प्रदर्शनका नेतृत्वकर्ता विपक्षी नेता खुआन गोइदोलाई अन्तरिम राष्ट्रपतिको रुपमा मान्यता दिएकाे छ ।

राष्ट्रपति डाेनाल ट्रम्पले एक ट्वीट गर्दै मदुरोको नाजायज सरकारका कारण भेनेजुयलाका जनतालाई लामो समयदेखि समस्याको सामाना गर्नु परेकाले नेस्नल एसेम्बलीका अध्यक्षलाई अन्तरिम राष्ट्रपतिको रुपमा स्वीकार गर्छु भनेर उल्लेख गरेका छन् ।

नेस्नल एसेम्बलीका अध्यक्ष गोइदोले मौजुदा राष्ट्रपति निकोलस मादुरोविरुद्धको विरोध प्रदर्शनको नेतृत्व गरिरहेका छन् ।

भेनेजुयलामा हजारौं व्यक्ति विरोध प्रदर्शनमा उत्रिएका छन् । हिजो गोइदोले काराकासमा भएको प्रदर्शनमा आफैलाई कार्यकारी राष्ट्रपति घोषित गरेका थिए ।

यसै महिनाको सुरुमा मादुरोले राष्ट्रपतिको रुपमा आफ्नो दोस्रो कार्यकालका सपथ लिएका थिए । निर्वाचनका क्रममा उहाँले धाँधली गरेको आरोप लाग्दै आएको छ ।

मदुरोले शासनसत्ता सम्हालेसँगै भेनेजुयला केही बर्षयता आर्थिक संकटबाट गुग्रिरहेको छ ।

बढ्दो महंगी, खाना र औषधिको अभावमा लाखौं व्यक्ति भेनेजुयलाबाट पलायन भएका छन् ।

प्राप्त विवरणअनुसार सरकारको विरोधमा लाखौं व्यक्ति सडकमा उत्रिएर नाराबाजी गरिरहेका छन् ।

राष्ट्रपति मदुरोका समर्थकहरु पनि सडकमा उत्रिएका छन् । प्रदर्शनका क्रममा केही व्यक्तिको मृत्युसमेत भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ