मूल्यबृद्धिलाई लिएर सरकारविरुद्ध प्रदर्शनः ठाउँ–ठाउँमा भीडन्त

मूल्यबृद्धिलाई लिएर सरकारविरुद्ध प्रदर्शनः ठाउँ–ठाउँमा भीडन्त

  • आइतवार, पुस २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

एजेन्सी । फ्रान्समा हजारौं व्यक्तिहरुले सडकमा उत्रिएर सरकारविरुद्ध प्रदर्शन गरेका छन् । इन्धनमा भएको मूल्यविरुद्ध केही साता अघि सडकमा उत्रिएका प्रदर्शनकारीहरुले आफ्नो नबौं चरणको विरोध सुरु गरेका छन् ।

प्रदर्शनका क्रममा ठाउँ–ठाउँमा उनीहरुको प्रहरीसँग भिड्न्त पनि भएको छ । भीडलाई नियन्त्रणमा लिन प्रहरीले पानीका फोहोरा र अश्रुग्यास प्रयोग गरेको छ ।

पछिल्लो विरोध प्रदर्शनका क्रममा फ्रान्सभर झण्डै ८४ हजार व्यक्ति सहभागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । इन्धनमा भएको मूल्यबृद्धिलाई लिएर सुरु प्रदर्शनमा पछिल्लो दिन नयाँ–नयाँ मागहरु थपिने क्रम जारी छ ।

प्रदर्शनकारीहरुले कर, स्वच्छ उर्जा, संस्थागत सुधार र नागरिकताका मुद्दाहरुलाई उठाउन थालेका छन् । यस अघिका प्रदर्शनमा आगजनी र तोडफोडका भए पनि पछिल्लो समय त्यस्ता घटनामा कमी आएको छ ।

स्थितिलाई नियन्त्रणमा लिन ८० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । हालसम्म २२४ प्रदर्शनकारी पक्राउ परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ