हतियारधारी समूहको आक्रमणमा परी ४२ गोठालाको मृत्यु 

हतियारधारी समूहको आक्रमणमा परी ४२ गोठालाको मृत्यु 

  • बिहिबार, पुस २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

जुबा, २५ पुस : हतियारधारी व्यक्तिहरूको समूहले आक्रमण गरेर सुडानमा कम्तीमा ४२ जनाको हत्या गरेका छन् ।

सुडानको बेह राज्यमा पर्ने डुचान र कोलाबिल क्षेत्रमा हतियारधारी समूहले पशुचौपायाका गोठालाहरूको हत्या गरेको हो ।

उनीहरूको आक्रमणमा परी अन्य ७८ जना गोठाला घाइते भएको पनि अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

अकोबो राज्यका गभर्नर जोहनसन गुनी बिलुले सिन्ह्वालाई दिएको जानकारीअनुसार गत गत आइतबार यो घटना भएको हो ।

“मुर्ले आदीवासी समूहले गरेको अमानवीय व्यवहारप्रति हामीलाई पश्चाताप छ, यो घटना एकदमै अमानवीय र स्थानीय बासिन्दालाई आक्रान्त पार्ने खालको छ,बिलुले भन्नुभयो ।

उहाँले हतियारधारी समूहको आक्रमणमा परी मारिनेमा अधिकाँश महिला र बालबालिका रहेको जानकारी दिनुभयो ।

घाइतेहरूको अवस्था स्थिररहेको र सयभन्दा बढी पशु चौपाया चोरी भएको अधिकारीहरूले जनाएका छन् ।

घटना भएको क्षेत्र दशकौँदेखि साप्रदायिक तथा जातीय हिंसाबाट प्रभावित हँुदै आएको छ । त्यस क्षेत्रमा बालयौन दुव्र्यवहारलगायतका अन्य हिंसा पनि हुने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ